
दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराकासाथ स्थापित प्रतिभा बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभाको एक भब्य समारोहका बिच सम्पन्न गरेको छ ।
लगनखेल स्थीत साझा पार्टी प्यालेसको सभा हलमा आयोजीत साधारणसभालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभाबशाली नेत्री एबम ललितपुर जिल्ला क्षेत्र न.३ का प्रतिनिधि सभा साम्सद पम्फा भुसालले दिप प्रज्वलन गरेर उदघाटन गर्नुभयो । 
सभाको समुदघाटन गर्नुहुदै नेकपाकी नेतृ एवं संसद भुसालले सहकारीसंस्थाहरु स्थानीय निकायहरुको मातहतमा गईसकेको बताँउदै चाँडो भन्दा चाँडो ऐन, कानुन बनाएर व्यवस्थीत गर्नुपर्ने बताउनुभयो । नेतृ भुसालले सहकारी सम्बन्धी जनमैत्री ऐन, कानुन बनाउन आफ्नो पहल रहने बताउनुभयो ।
साना ब्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा.बिष्णु गौतमले प्रतिभा बचत तथा ऋण सहकारी संस्थालाई कोषले प्रदान गरेको रु.५० लाख कर्जा लगानीमा उत्कृष्ट कार्य गरेकोमा पुरस्कार स्वरुप ऋणको ब्याज मिनाहा गरेको बताउनुभयो । निर्देशक गौतमले सहकारी संस्थाको आर्थिक कारोबार सन्तोषजनक रहेको बताँउदै कर्जा लगानीका लागि सहकारी संस्थाले माग गररेको थप ७५ लाख पुन ऋण उपलव्ध गराएको बताउनुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका संचालक नानिकाजी शाक्यले संस्थाको हिसाब किताब ,कर्जा लगानी जस्ता बिबिध पाटोहरु अनुगमन,सुपरिबेक्षण,निरिक्षणको क्रममा उचित रहेको बताउनुभयो ।
दुग्ध उत्पादक सहकारी सङ्घका केन्द्रीय कोषाध्यक्ष कृष्णप्रसाद सापकोटाले कृषि र उत्पादनमा यस्ता सहकारी संस्थाहरुले लगानी गरेर स्वदेशमानै रोजगारको बाताबरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ललितपुर जिल्ला सहकारी सङ्घका उपाध्यक्ष एबं चन्द्रसुर्य बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष रामशरण बस्नेतले केही सहकारीको बदमासिले अझै पनि सहकारी संस्थाको बिश्वसनीयता माथी प्रश्न उठिरहेकोले सहकारी संस्थालाई जवाफदेहिताका साथ ,सहकारीको सिद्धान्त ,मूल्य मान्यता बमोजिम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
साधारणसभामा संस्थाका अध्यक्ष रामहरी बजगाईले सहकारीको मान्यता अनुसार आफनो सहकारी हिडिरहेको बताँउदै संस्थामा रहेको शेयरधनी सदस्य सङख्या १८ सयबाट बढाएर २२ सय जना पु¥याउने लक्ष्य लिएको बताउनुभयो ।
साधारण सभामा सहकारी संस्थाका उपाध्यक्ष रेवतीप्रसाद दहालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने साधारण सभामा राष्ट्रिय सहकारी बैकका सन्चालक रामशरण शर्मा घिमिरे, पर्यटन सहकारी सङ्घका अध्यक्ष शिबप्रसाद कट्टेल,विभिन्न सहकारी संस्थाका अध्यक्ष ,संघसंस्थाका प्रतिनिधिहरु ,नायक राज घिमिरे ,सहकारी संस्थाका शेयरधनीहरुका सहभागीता रहेको थियो ।
प्रतिभा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रामहरी बजगाईको अध्यक्षतामा रहेको संचालक समितिमा उपाध्यक्ष रेवतीप्रसाद दहाल ,सचिब बलबहादुर के.सि.,कोषाध्यक्ष माधबप्रसाद घिमिरे,संचालकहरुमा छिरिङ लामा,चित्रबहादुर बस्नेत ,संजय तिमल्सिना ,गङगामाई घिमिरे,रबिन्द्र शाक्य ,सबिता बजगाई ,गोपिनी घिमिरे रहेका छन् । यस्तै लेखा तथा सुपरिबेक्षण समिती संयोजक सचितानन्द घिमिरे ,सदस्य दिपेश्वरी बजगाई ,मिठ्ठाराम जमकट्टेल र ऋण उपसमिती संयोजक रेवतीप्रसाद दहाल ,सह संयोजक माधबप्रसाद घिमिरे ,सदस्यमा पुर्णप्रसाद थापा क्षेत्री रहनु भएको छ । ललितपुरको लगनखेलमा रहेको यस संस्थाको कार्यालयमा सहकारीको मर्म मूल्य बमोजिम शिक्षा समिती ,महिला समिती ,युवा समिती सहित कर्मचारीहरुको सहकार्यमा संस्था अगाडि बढेको संस्थाका अध्यक्ष रामहरी बजगाईले जानकारी दिनुभयो ।



