प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि

अध्यक्षको संदेश

सदस्यहरुको आर्थिक, सामाजिक एवं सांस्कृतिक उद्धेश्य परिपूर्ति गर्ने उद्धेश्यका साथ अपनाऊ पद्दती सहकारी, हटाऊ गरिबी र बेरोजगारी ” भन्ने मूल नारा लिई ३० जना सदस्यहरु मिलेर वि.स २०६३/०२/३१ सालमा स्थापना गरिएको यस प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. स्थापित भएको हो । सहकारीको अन्र्तराष्ट्रिय सिद्धान्त, मूल्य मान्यता र आदर्शबाट अभिप्रेरित भई सहकारीको माध्यमबाट वित्तीय सेवा प्रदान गर्नुका साथै रोजगारी प्रवद्र्धन गर्ने क्रममा संस्थाले सहकारी माझ नविन परिचय दिन समेत सफल भएको छ । यस कार्यमा सहभागी भई उल्लेखनीय भूमिका निर्वाहगर्ने सम्पूर्ण सदस्य एवं कर्मचारी परिवार प्रति म हार्दिक आभार व्यक्त गर्न चाहान्छु । सहकारी एउटा व्यवासायिक एवं प्राविधिक विषय पनि हो । सदस्यहरु बीचको सहकार्य, सामूहिक निर्णय, अन्तर सहकारी सम्वन्ध र समूदाय केन्द्रित गतिविधी यसका मूलभूत पक्षहरु हुन् । यिनै गतिविधीको सेरोफेरोमा रहि यस अवधिमा सम्म आईपुग्दा २१ सय बढी सदस्यहरुको करिब २५ करोड माथी पूँजी परिचालन गर्न सफल भएकाछौं ।अन्तमा, भावी दिनमा सदस्यहरुको माग एवं चाहना बमोजिम वित्तीय एवं सामाजिक क्षेत्रमा अझ सदस्य केन्द्रित गतिविधीहरु मार्फत संस्थाको समग्र कारोबार वृद्धि गर्दै राष्ट्रिय स्तरको सहकारी निर्माण गर्ने प्रतिवद्धताका साथ विगतका दिनहरुमाझैं सधै सकारात्मक साथ र सुझाब प्रदान गरिदिनहुन सम्पूर्ण सदस्य एवं शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं । साथै सहकारी अभियान मार्फत देशको उन्नती प्रगति र गरिबी न्यूनीकरण गर्ने अभियानमा हामी सधै लागि पर्ने समेत प्रण गर्दछौं । यसै website मार्फत संस्थाका गतिबिधि तथा कार्ययोजना हरु समाबेस गरिने हुँदा आफ्नो राय सल्लाह सुझाब दिनुहुन हार्दिक अनुरोध गर्दछु र सम्पूर्ण सदश्यहरुको सुस्वास्थ्य दिर्गायु तथा उत्तरोउत्तर प्रगतिको कामना गर्दछु | धन्यबाद ,जय सहकारी, जय प्रतिभा

 

रेवतिप्रसाद दाहाल

  अध्यक्ष

 

 

सूचनाहरु

प्रतिभा बचत तथा ॠण सहकारी संस्था लि. को १५ औं वार्षिक साधारणसभा निम्न मिति ,स्थान र समयमा हुने भएकोले सम्पुर्ण शेयर सदस्यज्यूहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।

मिति : २०७८ मङ्सिर ११ गते शनिबार

हार्दिक निमन्त्रणा

यस संस्थाको १४औं वार्षिक साधारण सभा निम्न मिति र केन्द्रहरूमा बस्ने भएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

साधारण सभा कार्यक्रम

६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा निम्न मिति, समय र स्थानमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हुँदा सम्पूर्ण सदस्य महानुभाबहरु, सहकारीकर्मी तथा ईच्छुक सबैलाई आफ्नो अमुल्य रक्तदान गरि पुण्य कमाउनुहुन अनुरोध गरिन्छ ।