प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. सदस्य तथा समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक विकासगर्ने मुल उद्देश्य राखेर सहकारी ऐन २०४८ अन्र्तगत मिति २०६३/०२/३१ मा डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भै स्थापना भएको हो । ललितपुर जिल्लाको सदरमुकाम देखि ग्रामिण भेगसम्मका विपन्न, गरिव तथा निम्न मध्यम वर्गिय सदस्यहरुलाई समेट्दै समुदायमा आधारित सफल संस्थाको रुपमा पहिचान बनाउदै संस्था संचालनमा रहेको छ । सदस्यहरु बीचको सहकार्य, सामूहिक निर्णय, अन्तर सहकारी सम्वन्ध र समूदाय केन्द्रित गतिविधी यसका मूलभूत पक्षहरु हुन् । यिनै गतिविधीको सेरोफेरोमा रहि यस अवधिमा सम्म आईपुग्दा २१ सय बढी सदस्यहरुको करिब २५ करोड माथी पूँजी परिचालन गर्न सफल भएकाछौं ।“अपनाऊँ पद्धति सहकारी, हटाउँ गरीवि र वेरोजगारी” भन्ने मुल नारालाई आत्मसाथ गर्दै संस्थाले आफ्ना योजना तथा क्रियाकलापहरु निरन्तर रुपमा संचालन गर्दै आएको छ ।
प्रतिभा बचत तथा ॠण सहकारी संस्था लि. को १५ औं वार्षिक साधारणसभा निम्न मिति ,स्थान र समयमा हुने भएकोले सम्पुर्ण शेयर सदस्यज्यूहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।
मिति : २०७८ मङ्सिर ११ गते शनिबार



